इटहरीको सेन्टर प्लाजामा आगलागी

विराटनगर। सुनसरीको इटहरीमा रहेका सेन्टर प्लाजामा बुधबार बिहान ९.४३ बजेदेखि आगो अझै नियन्त्रणमा आएको छैन्। प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको थियो।

इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण भने दुरुस्त नभएको, इलाका प्रहरी कार्यालय इटहरीको १० तले भवनको ५ औं तलामा आगो लागेको हो।

सेन्टर प्लाजामा रहेका एक व्यक्तिको उद्धार गरिएको छ र अन्य व्यक्तिहरूको उद्धार कार्य जारी रहेको सुनसरी प्रहरी प्रमुख सुमन कुमार तिम्सिनाले बताए। उनले अन्य कति जना थिए भन्ने खुलासा हुन नसकेको पनि जानकारी दिए।

बुधबार, १२ चैत, २०८१, बिहानको ११:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर