महेन्द्र मोरङ क्याम्पसमा चुनावी माहोल (फोटो फिचर)

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी रहेको छ ।

अघिल्लो निर्वाचनमा विजयी बनेको नेविसंघले यस पटक प्रज्ज्वल विष्टलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको माओवादी निकट अखिल क्रान्तिकारीले रोहित यादव (विकास)लाई उम्मेदवार बनाएको छ । यस्तै एमाले निकट अनेरास्ववियुले अनीश बोगटीलाई उम्मेदवार बनाएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन् ।

महेन्द्र मोरङ क्याम्पसमा २ दुई हजार ८९० जना छात्रा र ३ हजार ९४ जना छात्र मतदाता छन् । मोरङस्थित ३ वटा आङ्गिक कलेज र ५ वटा सम्बन्धन प्राप्त गरी जम्मा ८ वटा कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जारी रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

मङ्गलबार, ०४ चैत, २०८१, दिउँसोको १२:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर