विपक्षीको डिक्सनेरीमा सरकार बनाउने र गिराउने मात्रै छ : एमाले नेता ज्ञवाली

विराटनगर । नेमपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिचानका नाममा जातिय हिंसा बढाउन खोजेको बताएका छन् ।

कोशी प्रदेशमा जातिय हिंसा बढाउने काममा प्रचण्ड लागि परेको उनको आरोप रहेको छ ।

एमाले मोरङको १० औ जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रममा नेता ज्ञवालीले सो कुरा बताएका हुन् ।

विपक्षीको डिक्सनेरीमा सरकार बनाउने र गिराउने मात्रै रहेको उनको आरोप छ । नेता ज्ञवालीले सत्ताबाट हटेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शहिदको याद आएको पनि उनले बताएका छन् ।

शनिबार, १७ फागुन, २०८१, साँझको ०६:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर