खेलाडी पलायन रोक्छौं : मुख्यमन्त्री

विराटनगर । हिक्मतकुमार कार्कीले प्रदेश सरकारले खेलकुदलाई महत्वका साथ हेरेको बताएका छन् ।
आइतबार झापामा नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले आयोजना गरेको भलिवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले खेलकुद विकास बोर्डको माध्यमबाट खेलकुदका प्रतियोगिता र खेलकुदको विकाससँगै संरचनाहरु बनाउने काम भइरहेको बताए ।

कोशी प्रदेश सरकार स्थापनाको पहिलो वर्षमा नै उच्च महत्वका साथ खेलकुद ऐन ल्याएर खेलकुद विकास बोर्ड गठन गरिएको बताउँदै मुख्यमन्त्री कार्कीले नेपालमा खेलकुदका संरचनाहरु कम रहेका र भएका संरचना पनि स्तरीय नहुँदा विश्व खेलकुद जगतमा अपेक्षाकृत सफलता पाउन नसकेको उल्लेख गरे । खेलकुदमा भविष्य नदेखेर खेलाडीहरु पलायान भइरहेको विषय जानकारी रहेको भन्दै उनले त्यसलाई पनि समाधान गर्ने गरी काम अघि बढाएको दावी गरे ।

खेलाडीहरुको वृत्ति विकास गर्न र खेलाडीहरुको जीवन निर्वाहको कुरा खेलकुदको विकाससँगै गर्नुपर्ने कार्कीले बताए । राष्ट्रिय खेलको रुपमा रहेको भलिबल खेलको विकास गर्न प्रदेशमा इन्डोर प्रतियोगता गर्ने गरी संरचना तयार गरिने जानकारी दिँदै उनले यो वर्षमा जग्गा प्राप्तिको काम भएको र अर्काे आर्थिक वर्षबाट संरचना निर्माणको काम थालिने बताए ।
फोटो

आइतबार, ११ फागुन, २०८१, साँझको ०७:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर