लोड हुँदैछ...

मेनु

झापाको पोल्ट्री फार्मले मोरङमा बढायो दुर्गन्ध,स्थानीय आक्रोशित

झापाको पोल्ट्री फार्मले मोरङमा बढायो दुर्गन्ध,स्थानीय आक्रोशित

उर्लाबारी । झापाको दमक—१० सेतुमारीमा हाईटेक पोल्ट्री प्रालीद्वारा संचालित कुखुरा फर्मको दुर्गन्धले स्थानीयवासी चिन्तित बनेका छन्। खोलापारी रहेको फर्मको सुलिको दुर्गन्धले वारी उर्लाबारी—९को बोर्डरलाईन,थक्लुङ चोकका बस्तीमा स्थानीयको स्वास्थ्यमा असर पुर्याएको छ। धेरै जसो बिरामी छन ।

फर्मले जनजिवन कष्टकर बनाएको भन्दै स्थानीय चिन्तित बनेका हुन्। बिहिवार स्थानीयले सो फर्ममा गएर दुर्गन्धबारे सचेत गराएका छन्।उर्लाबारी—९ का वडा सदस्य गणेश किम्दाङ राई, बोर्डरलाईन गाउँटोल बिकासका अध्यक्ष राजन रायमाझी,सचिब रोजबहादुर बस्नेत, लगायत सयौं स्थानीयले दुर्घन्धले असर पुर्याएकोले अभिलम्भ दुर्गन्ध न्यूनिकरण गर्न माग गरेका हुन्।

सुली गन्हाएर खाना पनि मजले खान सकिदैन, बान्ता नै हुन्छ, टाउको दुख्छ, स्थानीय मिना खवासले भनिन्, ‘ खानामात्र हैन, दुर्घन्धले राम्ररी निदाउन पनि सकिदैन्।मिनाको अनुसार गाउँमा धेरैजसो घरमा बालबालिका छन्, जेष्ठ नागरिक पनि । बालबालिका र बिरामीहरुको स्वास्थ्यमा झनै प्रतिकुल असर गरेको छ ।

फार्मको फोहरका कारण झिँगा भन्केर खाना खान समस्या हुनाका साथै बालबालिका बिरामी पर्नेलगायतका समस्या देखिएको स्थानीयवासी ललिता पोमुले गुनासो गरिन।सो फार्मले मरेको कुखुरा खुला ठाउँमा फ्याँक्दा स्यालले खाइ बौलाउने गरेकाले अर्को समस्या थपिएको छ ।कुखुरा फार्मले जथाभावी मरेको कुखुरा फ्याँक्दा अहिले सो गाउँमा दुर्गन्धको समस्या बढ्नाका साथै स्यालको आतङ्कसमेत फैलिएको पोमुले बताईन् ।

अहिले खोलाको र बाटोघाटोको समस्या छैन। पिच बनेको छ, तटबन्धन भएकोछ । एउटा न एउटा समस्याले स्थानीयलाई छोडेको छैन । शहरको कोहाहल प्रदुषित बाताबरण भन्दा गाउँकै हावापानी आँहा कति राम्रो हुन्छ, तर हामीलाई भने ठिक उल्टो छ, स्थानीय भक्त राईले भने, ‘ फर्मले दुर्घन्ध नियन्त्रण नगर्ने हो भने गाउँ छोड्नुको बिकल्प छैन।

हुन पनि हामी स्थलगत ठाउँमा पुग्दा सुलीको उचित ब्यवस्थापन थिएन्। खाल्डा खनेर जथाभावी राखिएको थियो।
कसैले ब्यवसाय नगरोस भन्ने हैन, बोर्डरलाईन गाउँटोलका अध्यक्ष राजन रायमाझी भन्छन्, व्यवस्थित गरियोस भन्ने हो।
पोल्ट्री फर्मबाट निस्कने सुली र फुटेको अण्डाले दुर्गन्ध र झिंगाका कारण गाउँमा बस्नै नसकिने स्थिति सृजना भएको उनले बताए । उनले भने, ‘झिंगाले गाउँ र घरमा बस्न नसकिने अवस्था छ, आफूहरू झुल लगाएर खाना खान बाध्य छौं ।
अध्यक्ष रायमाझीले आफूहरुको माग सम्बोधन नगरे कडा आन्दोलन चाल्ने र त्यसको ठुलो क्षति स्वयम सन्चालकले बेहोर्नु पर्ने चेतावनीदिए । फार्मको दुर्घन्धले त्यहा सन्चालन भएको होटल ब्यवसायमा समेत असर परेको मात्र छैन, भोजभतेरका कार्यक्रम पनि खल्लो हुने गरेको छ।

पोल्ट्री फर्मका सञ्चालक माधव पराजुलीले प्रदूषण र झिंगाको समस्या भएको स्विकारे । उनले समस्या समाधानगर्ने आश्वसन दिए।जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न वडा कार्यलय सचेत रहेको उर्लाबारी—९ का वडाअध्यक्ष नरबहादुर मोक्तानले बताए। उनले भने, फार्मले दिएको दुखबारे गुनासो आएको छ । यसबारे स्थानीय र सन्चालकबिच छलफल राखेर निकास निकाल्ने छौ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।