म्याद सकिएको औषधी बेच्ने साईकृष्ण मेडिकल हलमा शिलबन्दी

विराटनगर । म्याद सकिएको औषधि बिक्री वितरण गरेको पाइएपछि औषधी व्यवस्था विभाग विराटनगरले एउटा फार्मेसीमा शिलबन्दी गरेको छ ।

अमितकुमार चौधरीले संचालन गरेको विराटनगर १२ नहरचोक रानीपथमा रहेको साईकृष्ण मेडिकल हलले म्याद सकिएको औषधि बिक्री गरेको पाइएपछि विभागको टोलीले मंगलबार शिलबन्दी गरेको हो ।उक्त फार्मेसीले एक जना बिरामीलाई खोकी लाग्दा खाने म्याद सकिएको कफ सिरप बिक्री गरेको पाइएको छ । सो फार्मेसीले ती बिरामीलाई सन् २०२४ डिसेम्बरको म्याद रहेको कफ सिरप बिक्री गरेको थिए । पछि ती बिरामीले फार्मेसीले म्याद सकिएको औषधि दिएको भन्दै औषधि व्यवस्था विभाग विराटनगरमा उजुरी गरेका थिए ।

त्यसपछि विभागबाट आएको अनुमगन टोली आएर पसल शिलबन्दी गरेर अनुसन्धान सुरु गरेको ओषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्काले बताए । ‘एक जना विरामीलाई म्याद सकिएको औषधि दिएपछि विभागले अनुगमन गरेको हो । पसलमा आएर हेर्दा बिक्री गरेको बाहेक अरु म्याद सकिएको औषधि फेला परेन । हामीले ती विरामीलाई दिएको औषधीको खरिद बिल लिएर आएका छौं । खरिद बिल भने दिएको पाइएन । अहिले पसल शिलबन्दी गरेर अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘थप विषय अनुसन्धान पूरा भएपछि खुल्नेछ । त्यही अनुसार कारवाहीको प्रक्रिया पनि अगाडि बढनेछ ।’

बिहिबार, ०८ फागुन, २०८१, बिहानको ०९:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर