माओवादी केन्द्र बुढीगंगाको अध्यक्षमा योगेन्द्र पौडेल

विराटनगर । नेकपा माओवादी केन्द्र बुढीगंगा गाउँपालिकाको अध्यक्षमा योगेन्द्र पौडेल निर्वाचित भएका छन् ।

मोरङको बुढीगंगा गाउँपालिकामा बुधवार भएको माओवादी केन्द्र बुढीगंगाको दोस्रो अधिवेशनबाट पौडेल निर्विरोध निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा रुपेश भट्टराई, सवरलाल मोदी, कमला खड्का, सचिव प्रेम खवास, सह–सचिव भवकृष्ण भट्टराई र कोषाध्यक्षमा पुष्पा भगत रहेका छन् । अधिवेशनले ४३ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको हो ।

बुधबार, ०७ फागुन, २०८१, साँझको ०७:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर