अर्किड र ग्रिन पिस क्वाटर फाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लबको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौँ विष्णु माझी मेमो रियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र ग्रिन पिस विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश भएको छ ।

पहिलो खेलमा अर्किड स्कुलले विनायक स्कुललाई ९२ रनले पराजित गरी क्वाटर फाइनलमा प्रवेश हो । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ७७ रन बनाएको थियो । अर्किडका लागि अभय कामतले ४० रन बनाउँदा प्रेम कामतले ३६ रनको योगदान दिए । विनायकका शिभम पासवानले १ विकेट लिए ।

१ सय ७८ रनको लक्ष्य पछ्याएको विनायकले १४ औँ ओभरमा सबै विकेट गुमाई ८५ रनमा सीमित भयो । विनायकका प्रवेश गुरुङले सर्वाधिक २१ रनको योगदान दिए । अर्किडका प्लेयर अफ म्याच प्रेम कामतले ४ विकेट लिए ।

दोस्रो खेलमा ग्रिन पिस स्कुलले सत्यनारायण स्कुललाई ४७ रनले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको ग्रिन पिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३० रन बनाएको थियो । ग्रिन पिसका लागि मुर्सिद आलमले सर्वाधिक ४० रनको योगदान दिए । सत्यनारायणका शत्रु धन चौधरीले २ विकेट लिए ।

१ सय ३१ रनको लक्ष्य पछ्याएको सत्यनारायणले १५ ओभरमा सबै विकेट गुमाई ८५ रनमा सीमित भयो । सत्यनारायणका साइमन कामतले सर्वाधिक २० रनको योगदान दिए । ग्रिन पिसका प्लेयर अफ म्याच मिराज शेख र सद्धाम आलमले ३–३ विकेट लिए ।

बुधबार, ०७ फागुन, २०८१, साँझको ०५:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर