विराटनगर । भारत ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि भारतमा बसेर पढ्ने ७५ जना विद्यार्थी घर फर्केका छन् । ।
जोगवनी नाका हुँदै उनिहरु घर फर्केका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जोगवनी नाका हुँदै मोरङका ३६,सप्तरीका १६,सुनसरीका ११,काठमाडौ र सिराहाका ३-३ जना फर्केका हुन । यस्तै सर्लाहि जनकपुरका २÷२ जना जोगवनी नाका बाट नेपाल प्रवेश गरेका हुन् । थप ललितपुर र उदयपुरका १-१ जना आएका हुन् ।
शंकास्पद अवस्थामा लम्साल मृत फेला परेपछि कलेजमा अध्ययनरत विद्यार्थीको प्रदर्शनपछि उनीहरूलाई निकालेको थियो । लम्साललाई न्यायको माग गर्दै विराटनगरका अन्य स्थानमा समेत प्रदर्शन भइरहेको छ ।
भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् ।
