केआईआईटीमा अध्ययनरत तीन विद्यार्थी जोगवनी हुँदै फर्के नेपाल

विराटनगर । भारत ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि भारतमा बसेर पढ्ने विद्यार्थी घर फर्कन थालेका छन् ।

जोगवनी नाका हुँदै मंगलबार साँझ ३ जना विद्यार्थी घर फर्केका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण प्रसाद चिमोरीयाका अनुसार साँझ ८ बजे तिर तिन जना विद्यार्थी नेपाल प्रवेश गरेका छन् । विराटनगर, इटहरी र सप्तरी घर भएका विद्यार्थी साँझमा जोगवनी नाकाबाट विराटनगर आएका हुन् । फर्किएका विद्यार्थीहरू डराएको अवस्थामा रहेको नाकामा खटिएका एक प्रहरी अधिकृतले बताए ।

विराटनगरका विद्यार्थीले सीमा नाकामा प्रदर्शन समेत गरेका थिए । मंगलबार नेपाल(भारत सीमाको जोगबनी नाकामा घटनाको निष्पक्ष छानबिनको र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।

शंकास्पद अवस्थामा लम्साल मृत फेला परेपछि कलेजमा अध्ययनरत विद्यार्थीको प्रदर्शनपछि उनीहरूलाई निकालेको थियो । लम्साललाई न्यायको माग गर्दै विराटनगरका अन्य स्थानमा समेत प्रदर्शन भएको छ ।

भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् ।

मङ्गलबार, ०६ फागुन, २०८१, रातीको ०८:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर