सीमा क्षेत्रमा विद्यार्थीकाे प्रदर्शन

विराटनगर । भारत ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युको विरोधमा विराटनगरका विधार्थीले सिमा नाकामा प्रदर्शन गरेका छन् ।

मंगलबार नेपाल भारत सीमाको जोगबनी नाकामा घटनाको निष्पक्ष छानबिनको र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको हो ।

शंकास्पद अवस्थामा लम्साल मृत फेला परेपछि कलेजमा अध्ययनरत विद्यार्थीको प्रदर्शनपछि उनीहरूलाई निकालेको थियो । लम्साललाई न्यायको माग गर्दै विराटनगरका अन्य स्थानमा समेत प्रदर्शन भएको छ । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट सुरु भएको प्रदर्शन रोडशेष चोकसम्म पुगेको थियो ।

नेपाल विधार्थी संघ मोरङका सभापति सरोज पोखरेलले प्रकृतिको न्यायका लागि आफूहरु संघर्षमा उत्रिएको बताए । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई आउजाउमा अवरोधसमेत गरेका छन । महेन्द्र मोरङ क्याम्पसका चार विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन् । भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् ।

मङ्गलबार, ०६ फागुन, २०८१, दिउँसोको ०४:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर