स्वीस सरकारका प्रतिनिधि र मुख्यमन्त्री बीच भेटवार्ता

विराटनगर । स्वीस सरकारका प्रतिनिधि र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बीच आज भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा नेपालका लागि स्वीस सरकारका प्रतिनिधि हेड अफ कर्पोरेशन म्याथिस मेयर र सल्लाहकार नवीन वाग्लेसहितको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो । भेटवार्तामा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्विस सरकारले गरेको सहयोग र सहकार्य को प्रशंसा गरेका थिए ।

उनले ७५ वर्षदेखि नेपाल र स्विस सरकारको सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध अझै प्रगाढ र विस्तार हुने बताए । उनले नेपालको संघीयता र संविधान कार्यान्वयनका लागि गरेको सहयोग महत्वपूर्ण भएको महत्वपूर्ण भएको उल्लेख गरेका छन् । वित्तीय संघीयता बलियो बनाउन स्विस सरकारको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उनले थप सहयोग आवश्यकता रहेको औल्याए ।

पछिल्लो समय राजनीतिक स्थिरता कायम भएको र यसको जगमा सरकारले आफ्नो कामलाई द्रुत गतिमा अगाडि बढाउने विश्वास दिलाउँदै सोही अनुसार सहयोग गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरे । मु

भेटका अवसरमा हेड अफ कोपरेसन म्याथिस मेयरले संघीयता बलियो बनाउनका लागि स्वीस सरकार सहयोग गर्न तयार रहेको बताए । प्रदेश सरकारले सात वर्ष पूरा गरेको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले संघीयता कार्यान्वयनका लागि स्वीस सरकार सहयोगी बन्ने बताए ।

आइतबार, ०४ फागुन, २०८१, दिउँसोको ०२:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर