नेसपाको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् ।

अध्यक्षका प्रत्याशी नेत्र चापागाईंलाई हराउँदै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।

जम्मा ८७३ मत खसेकोमा भट्टराईले ८ सय २ मत ल्याए । पराजित चापागाईँले ७१ मत ल्याएका छन् । मत गणना सकिए पनि अन्तिम मतपरिणाम भने घोष्णा गरीएको छैन ।

भट्टराई अध्यक्षमा निर्वाचित भएको औपचारिक घोषणा बिहीबार साँझ ५ बजे पत्रकार सम्मेलनबाट गर्ने तयारी भएको नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले बताएकी छन्

काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा औपचारिक घोषणा कार्यक्रम राखिएको छ।

बिहिबार, ०१ फागुन, २०८१, साँझको ०६:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर