विराटनगर । धरानमा जारी कोशी प्रदेश प्रतियोगिता लिग फुटबल प्रतियोगिता अन्तर्गत मोरङ्ग जिल्ला ए डिभिजन लिग च्याम्पियन चिरपरिचित सम्राट स्पोर्टिङ क्लब बिराटनगरद्वारा भोजपुर लिग विजेता लैबरी फुटबल क्लबलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
मोरङ जिल्ला ए डिभिजन लिगमा अपराजित रहँदै लिग च्याम्पियन बनेको सम्राटले उत्कृष्ट लय कायम राख्दै भोजपुरको टोलीलाई सहजै पराजित गरेको हो । धरान रंगशालामा भएको उक्त खेलमा सम्राटका तर्फबाट हरि नारायण खवासले हेट्रिक गरे भने डेभिड मगर र पुजन बिकले समान १(१ गोल गरेका थिए । पराजित टोलीका लागि शुशान्त तामाङले शान्तवना गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याज ह्याट्रियकर्ता सम्राटका हरिनारायण खवास घोषित भएका थिए । समुहको दोस्रो खेलमा सम्राटले भोलि गाईघाट फुटबल क्लबसँग खेलनेछ ।