विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा काठमाण्डौं बाहिर सबैभन्दा बढी विद्यार्थीले नाम निकाल्ने कलेजको परिचय बनाएको विराटनगरस्थित शिक्षादीपले गुणस्तरीय शिक्षा प्रदान सँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको पाइएको छ ।
गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकको रोजाइमा परेको कलेजले एक पछि अर्को गर्दै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सामेल गराउँदै आएको छ । जसले गर्दा अतिरिक्त क्रियाकलापहरुमा पनि शिक्षादीप कलेज अब्बल सावित भएकोे पाइएको हो ।
शिक्षादीपले काठमाडौं बाहिर मोफसलमा सूचना प्रविधिको क्षेत्र पनि अब्बल विद्यार्थी उत्पादन गर्ने लक्ष्यसहित सोही अनुसार प्रविधिको क्षेत्रमा लगानी गरेर अगाडि बढेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए । तेसी अनुसार कलेजले कक्षा ११ र १२ का विज्ञान संकायमा अध्ययरत विद्यार्थीहरुले एक हप्ताको ‘रोबोटिक्स खगोल विज्ञान उड्डयन र कार्यशाला’ दिएको छ । उक्त कार्यशाला सकिएपछि विद्यार्थीहरुले रिमोर्ट कन्ट्रोल प्लेन बनाएका छन् । उनीहरुले पाँच सय मिटर उचाइसम्म उडनसक्ने रिमोर्ट कन्ट्रोल प्लेन बनाएर आइतबार प्रर्दशन गरेका हुन् । शिक्षादीपका विद्यार्थीहरुले बनाएको रिर्मोटबाट उड्ने प्लेनसहित रकेट, रोबर्ट र स्याटेलाईट टेक्नोलोजी प्रर्दशनी कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, कोशी प्रदेश सभा सदस्य तथा कलेजका अध्यक्ष भिम पराजुली, विराटनगरका महानगरपालिका प्रमुख नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अधिकारी र विभिन्न विद्यालयहरुबाट आएका प्रिन्सिपलहरुको उपस्थिती रहेको थियो । कार्यशालाबाट सिकेपछि शिक्षादीपका विद्यार्थीहरुले दुई किलोमिटरसम्म कन्ट्रोल गर्न सक्ने सिस्टमको प्लेन बनाएको रिसिक इनोभेसन्स अन्तर्गतको ‘द स्क्वाड अफ चेन्ज मेकर्स’ का सिइओ सुशिल देव भट्टराईले बताए । ‘यसअघि विद्यार्थीहरुले बेसिक कोर्ष रहेको थियो । अहिलेको एडभान्स खालको वर्कसप हो,’ भट्टराईले भने, ‘विद्यार्थीहरुले बनाएको प्लेन पाँच सय मिटर उचाइसम्म पुग्दछ ।’
विद्यार्थीले बनाएको प्लेन उडाएपछि सहभागि भएका मुख्यमन्त्री कार्की, मेयर, कोइराला, जनप्रतिनिधी, प्रध्यापक, शिक्षक र विद्यार्थीहरू पनि दंग देखिन्थे ।
यसअघि शिक्षादीपका विद्यार्थीहरुले ५० मिटर उचाइसम्म उडने वाटर रकेट बनाएका थिए । फियुलमा सुगर प्रयोग गरेर बनाउने रकेट प्रतिसेकेण्ड ७० फिट स्पीटको प्रक्षेपण गरिएको थियो ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विद्यार्थीहरुले गरेको अविष्कारलाई राज्यले प्राथामिकतामा राखेको बताए । ‘नयाँ नयाँ कुराको इनोभेसनले देशलाई विकास र समृद्धी तर्फ अगाडी बढाउने हो,’ मुख्यमन्त्री कार्कीले भने । सूचना प्रविधिसम्बन्धी ‘इनोभेशन’लाई व्यावसायीकरण गर्नु राज्यको दायित्व भएको उनले बताए । तीनै तहका सरकारले विद्यार्थीहरूका नयाँ अविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्नुपर्ने मुख्यमन्त्री कार्कीको भनाई थियो । उनले विकासको परिभाषा बाटो, पुल र भवनमात्र नभई मानव संसाधन, सूचना प्रविधिको विकास महत्त्वपूर्ण रहेको उनले बताए । विद्यार्थीहरूको सूचना प्रविधि आविष्कारलाई बजारीकरण गरी राष्ट्रिय पुँजी टेवा पु¥याउन सकिने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सूचना प्रविधिको विकासले मुलुकमा विदेशी मुद्रा आर्जन गर्न सक्ने बताए ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले यस्ता गतिविधि निरन्तर गरेर विज्ञान सिकाइ प्रभावकारी बनाउनु आवश्यक रहेको बताए । ‘मेडिकल र इन्जिनियरिङको क्षेत्रमा त धेरै अघिदेखि नै गरेकै छाँै, आईटीको क्षेत्रमा पनि दक्ष प्राविधिकहरू हायर गराएर कार्यशाला सञ्चालन गरी प्राविधिक ज्ञान विद्यार्थीहरूलाईजानकारी गराउँदै आएका छौं,’ प्रिन्सपल खड्काले भने । कलेजले हरेक महिनाजस्तो कक्षा ११ र १२ मा कम्प्युटर साइन्स र व्यवस्थापन संकाय लिएर अध्ययन गर्दै आएका विद्यार्थीहरूलाई कार्यशालामा सहभागी गराउने गरेको छ । कार्यशालाले विद्यार्थीलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने उनले बताए । कार्यशालाले विद्यार्थीको सीप अभिवृद्धि गरी आत्मविश्वास जगाएको उनले बताए ।
कलेजका अध्यक्ष तथा प्रदेश सांसद भिम पराजुलीले सूचना प्रविधिमा राम्रो भविष्य रहेकोले कम्प्युटिङ टेक्नोलोजीको दायरा फराकिलो बनाउदै लगेको बताए ।
![](https://hamromat.com/wp-content/uploads/2025/02/plan-1024x461.jpg)
![](https://hamromat.com/wp-content/uploads/2025/02/1-1-1024x461.jpg)
चार विद्यार्थी र दुई जना शिक्षक सम्मानित
शिक्षादीपक कलेजले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । कक्षा ११ को वािर्षक परीक्षामा विज्ञान संकायतर्फ छात्रा प्रथम हुने रचिता दंगाल र छात्रतर्फ प्रथम हुने रुसन दाहाललाई सम्मान गरिएको छ । त्यसैगरी कक्षा ११ को व्यवस्थापन संकायतर्फ प्रथम हुने छात्रातर्फ नेन्सी राजवंशी र छात्रतर्फ प्रथम हुने रोशनकुमार महत्तोलाई सम्मान गरिएको छ ।
कलेजले दुई जना कर्मचारीलाई पनि सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा दीपा बस्नेत केसी र दयाराम रिमाल रहेका छन् । त्यस्तै राजेन्द्र प्रसाद यादव र सौगात भट्टराई शिक्षकलाई कलेजले सम्मान गरेको छ । सम्मानित भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कदर पत्र दिएर सम्मान गरेका थिए ।
![](https://hamromat.com/wp-content/uploads/2025/02/student-1024x461.jpg)
![](https://hamromat.com/wp-content/uploads/2025/02/shikadep-1024x461.jpg)