समातिन्छन् कि भन्ने भ्रष्टचारीलाई पनि छाडिदै छ : झलनाथ खनाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले देशमा दुई पाटीको अधिनायकत्व कायम गरेको बताएका छन् । सोमबार विराटनगरमा संचारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले दुई पाटीको अधिनायकत्व मुलुकलाई अग्रगतितर्फ नभई अधोगतितर्फ लगेको आरोप लगाए । लोकतान्त्रिक मूल्य मान्यतालाई चुनौती दिने खालको स्थिति देखा परेको उनको भनाइ थियो ।

दुई पार्टीको संख्याले राजनीतिक सङ्कट देखा परेको उनले बताए । ‘राजनीति क्रमिक रूपले सङ्कटग्रस्त नै बनिरहेको छ,’ उनले भने, ‘आर्थिक क्षेत्रमा कुनै अग्रता प्रगति देखिँदैन । मूल्यवृद्धि बढेको बढ्यै छ । महँगी बढेको बढ्यै छ । उद्योग धन्दाको विकास हुन सकेको छैन ।’

सरकारले कतिपय भ्रष्टाचारीलाई धमाधम छोड्न थालेको उनले बताए । ‘भ्रष्टाचारीहरू अब समातिन्छन् कि भन्यो, तिनीहरूलाई धमाधम छोडिँदै छ । उनीहरूले उन्मुक्ति प्राप्त गर्दै छन् । देश अगाडि होइन देश पछाडि पर्न थाल्यो,’ उनले भने ।

प्रमुख दलले नै संविधानका मूल्यमान्यता कुल्चिएर हिँडेको उनले आरोप लगाए । ‘संविधान संशोधन होइन लागू नै भएको छैन । संविधानअन्तर्गत बनाउनु पर्ने तीन दर्जन बढी कानुन बनेकै छैनन् । भएका पनि लागू भएका छैनन्,’ उनले भने । अहिले संविधान संशोधनको केही अर्थ नराख्ने पनि उनले बताए ।

संविधानले राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन नरोकेको पनि उनले बताए । राजनीतिमा आउने–नआउने विषय उनीहरूकै नैतिकताको कुरा भएको उनले बताए ।

संविधान नै लागु नभएको उनले बताए । संविधान अन्तरगत बनाउनु पर्ने तिन दर्जन बढी कानुन बनेकै छैनन् । ‘संविधानको भाग ४ मा जुन खालका नीति सिद्धान्तहरू अगाडी सारिएको छ । एउटा पनि लागु भएको छैन । देशलाई यथा स्थितिबाट लुटपाट गर्नका खोजिँदै छ’ उनले भने ।

सोमबार, २८ माघ, २०८१, बिहानको १०:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर