विराटनगर । मोरङमा आइतबारदेखि नागरिकताको प्रमाणपत्रको सिफारिस अनलाइन प्रविधिमार्फत उपलब्ध गराइने भएको छ । मोरङका सबै वडाबाटै नागरिकताको सिफारिस अनलाइन प्रविधिमार्फत गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । मोरङमा १७ वटा स्थानीय तहका १ सय ५९ वटा वडा रहेका छन् ।
‘गृह मन्त्रालयले नागरिकता वितरणलाई सहज बनाउन ‘सीसीआईएमएस’ ९सेन्टरलाइजेज सीटिजनसीप इन्फरमेसन म्यानेजमेन्ट सिस्टम० नामक ‘सफ्टवेयर’ बनाएको छ,’ उनले भने ‘हामीले पनि प्रयोग गर्ने भनेको यही ‘सफ्टवेयर हो । यसले सहज र छिटो बनाउँछ ।’
अनलाइनमार्फत विवरण आउँदा पहिला भन्दा काम गर्न पनि छिटो हुने उनले बताए । ‘पहिला सबै कागजात हेरेर रुजु गरेर इन्ट्री गर्नु पर्थ्यो। अब रुजु गर्न मात्रै समय लाग्ने हो । इन्ट्री वडा सचिवले नै गर्ने भएकाले छिटो हुन्छ’ उनले भने ।
नागरिकता लिने सेवाग्राहीले अब अनुसूची भरेको कागजात मात्रै लिएर आउनु पर्छ । वडा सचिवले सफ्टवेयरमा भर्दा मिस्टेक भएको पाइएमा भने जिल्ला प्रशासन कार्यालयबाटै सच्याइने उनले बताए ।
विवरण वडाबाटै सफ्टवेयरमा इन्ट्री र स्क्यान भएर आउँदा समय बचतसँगै सहज हुने उनको विश्वास छ ।