विराटनगर । विराटनगर किंगसमाथि काठमान्डु गुर्खाजले १ विकेटको रोमाञचक जित हात पारेको छ । काठमान्डु गुर्खाजले प्लेअफ पुग्ने झिनो सम्भावना समेत बाँकी राखेको छ ।
लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ ।
अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ ।
काठमान्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।