काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उनले पार्टीमा खराब प्रवृत्ति मौलाउँदै गएको बताएका छन् । केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशाला भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सही विचार र नीति लिएर अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन समेत दिएका छन् ।
अनुशासित ढंगले एकतावद्ध भएर अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् । ‘अहिले पार्टीमा केही प्रवृत्ति देखिएका छन्। पार्टीमा भोटो फटाएको तर नेतृत्व दिन नसक्ने, अर्को भनेको विमति जनाउने तर, सही बाटो के हो ? पहिल्याउन नसक्ने। असहमति राखेर आफूलाई कुछ हौं भन्ने पृथक देखाउन खोज्ने। यो प्रवृत्ति पार्टी र व्यक्तिगत हिसाबले ठिक होइन’ उनले भने ।
प्रतिक्रियावादी शक्तिले त विभाजन गर,अन्तरविरोध पैदा गरेर राज गर भन्ने नीति नै हो।अहिलेसम्म विश्वका शक्तिशाली देशहरूले पनि गरिबी निवारण गर्न नसकेको उनको बताए।