बार भवनबाट लडेर वरिष्ठ अधिवक्ता घाइते

विराटनगर । वरिष्ठ अधिवक्ता जगन फुयल नेपाल बार एसोसिएसन मोरङको भवनबाट खसेर घाइते भएका छन् । जिल्ला अदालत मोरङको भवन नजिक रहेको बारको दोस्रो तलाबाट आइतबार ४ बजे लडेर फुयल घाइते भएका हुन् ।

उनको उपचार विराटनगस्थित न्यूरो हस्पिटलमा भइरहेको छ । उनको अवस्था गम्भिर रहेको नेपाल बार एसोसिएसन मोरङका अध्यक्ष हरिशंकर मण्डलले जानकारी दिए । घाइते भएका फुयलको टाउँको र ढाडमा चोट लागेको छ । ‘स्वास्थ्य अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकले भनेका छन् । अहिले उपचार भइरहेको छ,’ चिकित्सकको भनाइ उद्रित गर्दै अध्यक्ष मण्डलले भने । घाइते भएका अधिवक्ता फुयलको ल फर्म बारको भुइतलामा रहेको छ ।

आइतबार, २५ कार्तिक, २०८१, साँझको ०७:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर