कोशीसहित ६ प्रदेशमा पानी पर्ने सम्भावना

विराटनगर । आइतबार बिहान कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका थोरै स्थान, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

आइतबार, ०४ कार्तिक, २०८१, बिहानको ०७:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर