मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थप्न अदालत लगिँदै

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।

आइतबार प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो।

उनलाई साइबर ब्युरो ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए।मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई आजै जिल्ला अदालतमा म्याद थप्ने तयारी प्रहरीले गरेको छ

साइबर ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) नविन्द अर्यालका अनुसार प्रसाईंको मेडिकल जाँचपश्चात आजै अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी गरिएको हो ।

गत बुधबार पक्राउ पुर्जी जारी भएका प्रसाईंलाई आज मात्रै प्रहरीले पक्राउ गरेको हो ।

अदालतले प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

आइतबार, ०६ असोज, २०८१, साँझको ०५:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर