विराटनगर । मुस्लिम धर्मावलम्बीहरुले हर्षोल्लासका साथ पैगम्बर मोहम्मदको जन्मोत्सव मनाएका छन् । मुस्लिम समुदायले विराटनगरमा ¥याली आयोजना गरेर उक्त दिवस मनाए । नेपालको राष्ट्रिय झण्डा र इस्लामको झण्डासहित निकालिएको ¥याली विराटनगरको जामा मस्जिददेखि ट्राफिक चोक, महेन्द्र चोक हुँदै भृकुटी चोक पुगेर नगरपरिक्रमा गरेका थिए ।
¥यालीमा हजारौं संख्यामा मुस्लिम धर्मावलम्बीहरु सहभागी थिए । उक्त ¥याली जलजला चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा स्थानीय युवाहरु तथा अग्रज व्यक्तित्व, बालबालिकाहरु सहभागी थिए ।
इस्लामिक क्यालेण्डरको तेस्रो महिना वसल्लमको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीहरुले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरी जन्मोत्सव मनाउने गरेका छन् ।
नेपाल सरकारले भदौ ३१ गते सोमबार (मोहम्मद डे) मुस्लिम धर्मालम्बीको १२ रब्बिअवलको अवसरमा मुस्लिमलाई मात्र सार्वजनिक विदा दिएकोमा विराटनगरका मुस्लिम धर्मावलम्बीहरु असन्तुष्ट छन् ।
सरकारले मुस्लिम समुदायहरुको पैगम्बर मोहम्मद स.वो. जन्म जयन्ती ( १२ रबि—उल—अव्वल ), सब—ए—बरात, मोर्हरमसमेतको चाड पर्वमा साजर्वजनिक विदा नगरी मुस्लिम समुदायको हरेक निकायमा पहिचान सहितको समानुपातिक समावेशी अधिकारी कुण्ठित गरेको र विभेद गरेको उनीहरुले बताएका छन् ।