७५ वर्षको उमेरमा भीममायाले पाइन नागरिकता

विराटनगर ।मोरङ पथरी शनिश्चरे नगर पालिका ९ कि भीममाया श्रेष्ठले ७५ वर्षको उमेरमा आज नागरिकता पाएकी छिन्।

जिल्ला प्रशासन कार्यालय मोरङबाट ०५–०१–८१९०८२४ नम्बरको नागरिकता प्राप्त गरेकी हुन्।प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भीममायालाई नागरिकता हस्तान्तरण गरेका छन्।चार वर्ष अघि श्रीमान् कुलबहादुर श्रेष्ठको निधन भएपछि भीममाया एक्लै बस्दै आएकी छिन्।तिन छोरी पनि विवाह भएर गएपछि सहारा विहीन बनेकी भीममाया बेसहारा जीवन बिताउन बाध्य छिन् । छिमेकी लोकबहादुर कटुवालले बस्नका लागि दिएको पाँच धुर क्षेत्रफलमा सहयोगीहरूले बनाइदिएको सानो छाप्रोमा बस्दै आएकी छिन्।

उनलाई जीवनकालमै आफू नेपाली भएको नागरिकता हेर्न मन ७५ वर्षमा पुरा भएको छ । श्रीमानले नागरिकता बनाउन सहयोग नगरेको उनको भनाइ रहेको छ । नागरिकता नभएकै कारण भीममायाले बिजुली बत्ती बाल्नका साथै सामाजिक सुरक्षा भत्ताबाटै वञ्चित हुँदै आएकी थिइन ।

पाँच वर्षअघि श्रीमान् बितेपछि उनी छिमेकीले दिएको घडेरीमा बस्न थालेकी हुन् ।परिवारका सदस्य नभएका कारण एक्लो जीवन बिताउँदै आएकी भीममाया अहिले चर्खा काटेर घर खर्च जुटाउँदै आएकी छिन्।

आइतबार, ३० भदौ, २०८१, साँझको ०५:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर