सौन्दर्यकर्मी यूनियनले मनाए बाल दिवस

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) महानगर कमिटि विराटनगरले सामाजिक काम गरेर ६० औं राष्ट्रिय बाल दिवस मनाएको छ ।
विराटनगर – ५ कोचाखालमा रहेको विराट बहिरा माध्यमिक विद्यालयका शनिबार नावुनले ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ सामाजिक काम गरेर बाल दिवस मनाएको हो ।

विराट बहिरा माविमा अध्ययरत विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री, बालवालिकाहरुकोे हेयर कटिङ, नेल कटिङ, खाद्य सामाग्री वितरण र सचेतना मुलक कार्यक्रम आयोजना गरि ६० औं राष्ट्रिय बाल दिवस मनाएको राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनगरकी अध्यक्ष भली सुब्बाले जानकारी दिइन् । अध्यक्ष सुब्बाले सामाजिक काम गर्दै विराट बहिरा माविका बालवालिकाहरुसँग बाल दिवस मनाएको बताइन् ।

कार्यक्रममा बोल्दै उनले सिप सिक्ने इच्छुक विद्यार्थीहरुलाई राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनरले ब्यूटिसियन सम्बन्धी तालिम निःशुल्क दिने बताइन् । ‘सिप सिक्ने चाहने भए हामी निः शुल्क सिकाइदिनेछौं । सिपलाई आत्मसाथ गरेर अगाडी बढाउनु पर्दछ । लगनसिल भएर आफ्नो पेशाप्रति जिम्मेवार भएर लागे सफलता प्राप्त मिल्नेछ,’ उनले भनिन् ।
अहिले आवश्यकता पनि सिप र संस्कारसहितको शिक्षा भएको जानकारी गराउँदै अध्यक्ष सुब्बाले बालबालिकाहरु भविष्यको कर्णधार भएको बताइन् । शिक्षालाई प्राथामिता दिएर अगाडी बढाउन सके सफलता प्राप्त हुने अध्यक्ष सुब्बाको भनाई छ ।

नाबुन विराटनगरको महासचिब बसन्ती गुरूङले संचालन गरेको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय उपमहासचिब ममता प्रधान रहेकी थिइन् । त्यसैगरी कार्यक्रममा जफन्ट महिला कमिटिकी सचिब सायदा तवसुम, नावुन कोशी प्रदेश अध्यक्ष कला डाँगी, प्रदेश कोषाध्यक्ष अमिता पोखरेल, सदस्य चन्द्रा घिमिरे, गंगा तामाङ्गलगायतका ब्यूटिसियनहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।
नावुन विराटनगरले यसपनि विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

आइतबार, ३० भदौ, २०८१, बिहानको ०८:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर