विराटनगर । मोरङको कानेपोखरी ३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रले म्याद गुज्रेको औषधि बाँडेको स्थानीयले बताएका छन् ।
गर्भवतीहरुलाई दिएको आइरन चक्कीको म्याद सकिएको र गर्भवती भएको चार महिनापछि दिनुपर्ने जुकाको औषधि दुई महिनामै दिएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् । स्थानीय नवराज चापागाईंले स्वास्थ्य चौकीले लापरबाही गरेको बताए । ‘स्वास्थ्य केन्द्र जनताको स्वास्थ्यप्रति असंवेदनशील देखियो,’ उनले भने, ‘त्यसपछि हामीले तालाबन्दी गरेका हौं ।’