विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट स्कुलमा अन्तर एभरेष्ट पौडी प्रतियोगिता सुरु भएको छ । बिहीबार प्रतियोगिताको उद्घाटन विद्यालयका प्रिन्सिपल टिकाराम ले गरेका छन् ।
एभरेष्ट कलेज परिसरमा रहेको स्वीमिङ पुलमा शुरु भएको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । पहिलो दिन कक्षा २ देखि ५ सम्मका खेलाडीले सहभागिता जनाएका थिए ।बुधबार सम्पन्न छनौट चरणमा उक्त समूहका २०० जना बाट ६० जना प्रतियोगितामा छनौट भएका थिए । तिनै खेलाडीहरु बिचमा विभिन्न विधाका प्रतिष्पर्धा हरु सम्पन्न भएका हुन् ।
जसमध्ये कक्षा २ र ३ बाट फ्रि–स्टाइल २५ मिटर पौडीमा छात्रतर्फ प्रियन्जन राय प्रथम, रायन भट्टराई द्वित्तीय र प्रणव चौधरी तृतीय भए । सोहि स्पर्धामा छात्रातर्फ आश्मा चौधरी प्रथम, हुरिया खतिमा द्वित्तीय र पल्पसा चौधरी तृतीय भए ।
कक्षा ४ र ५ को प्रतियोगितामा फ्रि–स्टाइल २५ मिटरमा स्वराज सिंह नेपाल प्रथम, रेहान यादव द्वित्तीय र अनुभव दाहाल तृतीय भए भने सोहि कक्षाको ब्रेथ स्ट्रोकको ५० मिटरको स्पर्धामा आरध्य पाण्डे प्रथम, प्राञ्जल तिम्सिना द्वित्तीय र पुरक तिम्सिना तृतीय भए । फ्रि–स्टाइल ५० मिटरमा आरध्य पाण्डे प्रथम हुँदा पुरक तिम्सिना द्वित्तीय र प्राञ्जल तिम्सिना तृतीय हभए ।
कक्षा ४ र ५ कै ब्याक स्ट्रोक २५ मिटरको स्पर्धामा आरध्य पाण्डे प्रथम, प्राञ्जल तिम्सिना द्वित्तीय र पुरक तिम्सिना तृतीय भए भने फ्रि–स्टाइलको १०० मिटरको स्पर्धामा पनि आरध्य पाण्डे प्रथम हुँदा पुरक तिम्सिना द्वित्तीय र प्राञ्जल तिम्सिना तृतीय भए । छात्रातर्फ भएको फ्रि–स्टाइल स्पर्धामा भावना कुमारी साह प्रथम र अनन्या पोद्दार द्वित्तीय भएको विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोलले जानकारी दिइन् ।
प्रतियोगिता अन्तर्गत शनिबार कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको प्रतियोगिता हुनेछ । शनिबार फ्रि स्टाइलतर्फ ५०, १००, २००, ४०० र १५०० मिटरका स्पर्धा हुनेछन् । यस्तै ब्रेष्ट स्ट्रोकतर्फ १०० र २०० मिटर, ब्याक स्ट्रोकतर्फ ५० र १०० मिटर, बटर फ्लाई ५० र १०० मिटर, रिलेतर्फ ४०० मिटर र आईएमतर्फ १०० मिटर लगायतका स्पर्धाहरु हुने डंगोलले बताएकी छन् ।