विराटनगर । दशैंलाई लक्षित गरी विराटनगरमा ‘विराट सडक महोत्सव’ आयोजना हुने भएको छ ।
मन्जिना मुभिज क्रिएसनले विराटनगरको हिमालय रोडमा आगामी असोज १७ गतेदेखी २३ गतेसम्म महोत्सव आयोजना गर्ने भएको हो ।
मन्जिना मुभिज क्रिएसनले विगत ४ बर्षदेखी विराटनगरमा विभिन्न जातिय परिकारका खानासँगै मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम समेत गर्दै आएको छ ।
मन्जिना मुभिज क्रिएसनका निर्देशक जतिन ताम्राकारका अनुसार विराटनगर ९ स्थित हिमालय रोडमा विगतको बर्षहरु झै यसपटक पनि सडक खाना महोत्सव गरिन लागिएको हो ।
कार्यक्रममा विभिन्न जातीय परिकारका खानाको स्टलसँगै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको उपस्थितीमा सांगीतिक कार्यक्रमसमेत सञ्चालन हुनेछ । महोत्सव दिउँसो २ बजेदेखी राति ९ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।