विराटगनर । विराटनगरको रानीमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१५ रानीस्थित ३ नम्बर ढाटमा बिहानका राति १ः१५ बजेतिर दुर्घटना हुँदा चालक विराटनगर–१ का २० वर्षीय सुशील कामत गम्भीर घाइते भएका थिए । उपचारका क्रममा बिहान ३ः१० बजेतिर न्युरो अस्पतालमा मृत्यु भएको जानकारी प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दिए ।
शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । रानीको भट्टीमोडबाट भारतको जोगवनीतर्फ जाँदै गरेको को २१ प ८९६२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर ढाटमा ठोक्किँदा दुर्घटना भएको बस्नेतले बताए ।