विराटनगर । विराटनगर महानगरपालिका ३ पोखरीया माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रा २ तल्ले भवनबाट हाम फाल्दा घाइते भएकी छिन् ।
कक्षा १० मा अध्ययनरत १६ वर्षकी संगिता मुर्मुले सोमबार बिहान हाम फालेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए ।
उनको अहिले विराटनगर स्थित नोबेल हस्पिटलमा उपचार भइरहेको उनले बताए । ‘दुई तलाबाट हाम फाल्दा ती विद्यार्थी साइकलमा परिछिन्,’ एसपी कार्कीले भने पहिला बेहोस थिइन । अहिले उनी बोल्न थालेको खबर अस्पतालले जनाएको छ । ’
घाइते विद्यार्थीको घर विराटनगर १ भट्टा चौक हो ।स्कुलका शिक्षक शिक्षिका र साथीहरूलाई हाम फाल्ने धम्की दिने गरेको विद्यालयले जनाएको छ । दुई तलाबाट हामफाल्नुको कारण खुली नसकेको प्रहरीले जनाएको छ । ‘हामफाल्नुको कारण खुलेको छैन,’ एसपी कार्कीले भने ‘पहिला मान्छे बचाउन लागेका छौ । अनुसन्धान पनि बढिरहेको छ ’