७५ वर्षदेखि बसोबास गरेको जग्गा सँधियारले कब्जा गरेको गुनासो

विराटनगर । मोरङको कटहरीका जगन राय र परिवारले आफूहरुले ७५ वर्षदेखि उपभोग गर्दै आएको जग्गा सँधियारले कब्जा गरेको गुनासो गरेका छन् ।

२०२४ सालको फिल्डबुक, तिरो तिरेको रसिदसहितका कागजात भएपनि साविक कटहरी ७ (हाल कटहरी ४) को सिट नम्बर १७८–०६६७, कित्ता नम्बर ७६ मा २६५ बर्गमिटर जग्गा छिमेकी सिर्जना कोइरालाले कब्जा गरेको आरोप लागेको छ ।

ऐलानी जग्गामा उनले लामो समय जीवन गुजारेका राय भुमिहिन सुुकुम्वासी हुन् । उनी बसोबास गर्दै आएको जग्गा सँधियार कोइरालासहित अन्य केहिको मिलेमतोमा नापी र मालपोतका कर्मचारीसमेतलाई प्रभाबमा पारेर कब्जा गरेको देखिएको पीडितहरुले बताएका छन् ।

पीडित रायले आइतबार पत्रकार सम्मेलन गरी विराटनगरवासी कोइरालाको कटहरीमा ५० बिघा जग्गा भएपनि आफ्नो जग्गा हडपेको गुनासो गरे । कोइरालाले सँधियार राजेन्द्र र रामप्रसाद कामतलाई साथमा लिएर जग्गा हडपेको उनको आरोप छ ।

कित्ता नम्बर ७६ को २६५ बर्गमिटर जग्गा १३४, १३५ र १३६ नम्बरमा कित्ताकाट भएको हो । जसमध्ये १३६ कत्तिामा २४० बर्गमिटर राखेर कोइरालाले आफ्नो नाममा पारेकी पीडितले गुनासो गरेका छन् । कित्ता नम्बर १३४ मा ००२०–०० बर्गमिटर राजेन्द्र कामत र कित्ता नम्बर १३५ मा ०००५०–०० वर्गमिटर जग्गा रामप्रसाद कामतको नाममा लगिएको छ ।

कामतसमेत सँधियार रहेका कारण उनीहरुलाई समेत साथमा लिएर कोइरालाले राय बस्दै आएको ऐलानी जग्गा आफ्नो बनाएको आरोप छ । त्यसमा वडा कार्यालयदेखि गाउँपालिकासम्म कर्मचारीको समेत मिलेमतो र संलग्नता रहेको आशंका गरिएको छ । भोगचलन गर्दै आएको जग्गा अर्कैको नाममा गएपछि राय अहिले न्याय माग्दै हिँडिरहेका छन् ।

आइतबार, १६ भदौ, २०८१, दिउँसोको ०२:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर