सुर्खेत । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताएका छन्।
आगामी मंसिरमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुनुपर्ने उनले बताएका हुन्।
शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि अध्यक्ष दाहालले यस्तो बताएका हुन् । ‘दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस्,’ उनले भने, ‘ दशौं राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने यो हजारौं खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ।’
उनले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्र र खेलाडीको वृत्ति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनले रंगशालामा अत्यधिक सदुपयोग गर्नसमेत आग्रह गरे।


 
						 
															 
															 
															 
															 
															 
															