विराटनगर । विराटनगर, १ पोखरियाका पंं.भीमप्रसाद अधिकारीका तीनवटा पुस्तकको बिहीबार विमोचन गरिएको छ ।
८९ वर्षीय अधिकारीका कृतिहरु सनातन धर्मगुटिका, जीवन दर्पण साथै हरिलीलाको दर्शन र श्रीमद्भावगत महापुराणको नेपालीमा पद्यनुवाद गरिएको पुस्तककको विमोचन गरिएको हो । श्रीमद्भावगत महापुराणको नेपालीमा पद्यनुवाद पं.अधिकारीसँगै धर्माचार्य कृष्णप्रसाद गुरागाईंले गरेका थिए ।
तीनवटै पुस्तकको लेखक अधिकारी, लक्ष्मीनारायण मन्दिरका स्वामी अच्युत प्रपन्नाचार्य, सनातन धर्म सेवा समितिका अध्यक्ष कविराज न्यौपानेले संयुक्तरुपमा गरेका थिए ।
अधिकारीलाई श्रीमद्भावगत महापुराणको नेपालीमा पद्यनुवाद गर्न १० वर्ष लागेको थियो । पद्यनुवाद गरिएको श्रीमद्भावगत महापुराण ६९९ पृष्ठको रहेको छ । सनातन धर्मगुटीका, जीवन दर्पण साथै हरिलीलाको दर्शन भने दुई वर्षमा तयार गर्नु भएको हो । कार्यक्रममा कृतिको समीक्षा प्रतिभा निरौलाले गरेका थिए ।