विराटनगर । पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा चारजना बालक घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
फालेलुङ गाउँपालिका–५ को डाँडागाउँमा बिहीवार दिउँसो ३ बजेतिर विस्फोटक पदार्थ पड्किएको प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए । आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्किएको हो । केरुङ भने सदरमुकाम फिदिममा बस्ने गरेका थिए । उक्त घरमा केरुङकै आफन्त पर्ने ज्ञानुराज राई बस्ने गरेको प्रहरीले जनाएको छ ।
घटना दिउँसोको भए पनि प्रहरी भने साँझ मात्रै घटनास्थलमा पुगेको छ । ‘हामी भर्खरै घटनास्थलमा आइपुगेका छौँ,’ प्रहरी निरीक्षक तामाङले भने, ‘अहिले घटनाबारे बुझ्ने काम भइरहेको छ ।’
घाइतेमध्ये २ जनाको अवस्था गम्भीरहेको उनले बताए । स्थानीय ११ वर्षीय दिप्सन साँवा, दुई वर्षीया प्रियसा साँवा र ११ वर्षीय पवन राई र दिपसन राई घाइते भएका थिए । घाइतेहरु मध्ये दिप्सन साँवा, दुई वर्षीया प्रियसा साँवा भने गम्भीर घाइते रहेको उनले बताए । पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि झापा रिफर गरीएको उनले बताए । सामान्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
विष्फोटक पदार्थका बारेमा भने खुलि नसकेको प्रहरीले जनाएको छ