विराटनगर । नेकपा एकीकृत समाजवादीले मोरङका घनेन्द्र बस्नेत सहितका तिन जना नेतालाई वरिष्ठ नेतामा मनोनीत गरेको छ ।
केन्द्रीय कमिटी बैठकले बेदुराम भुसाल, प्रवेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो । बस्नेतले वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेका थिए । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भएका थिए ।
केही दिनयता जारी बैठकले पदाधिकारीलाई पूर्णता दिएको छ भने १ सय ५ सदस्यीय पोलिटब्युरो चयन गरेको थियो । नेकपा एसमा १७ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन भएको थियो ।