संविधान दिवस मनाउन कोशी प्रदेशमा ५ सय १ सदस्यीय मूल समिति गठन

विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवस भव्यरुपमा मनाउने तयारी गरेको छ । ५ सय १ सदस्यीय मूल समारोह समिति घोषणा गरी मनाउने तयारी थालेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले दिवसको तयारी थालेको हो । मुख्यमन्त्री कार्कीले यस पटकको संविधान दिवस भव्य र सृजनात्मक बनाउने गरी तयारी थालिएको बताए। । उनले संविधान दिवसलाई जनतासँग जोड्ने सबै जातजाति धर्मसंस्कृति मान्ने सबैको सहभागिता हुने गरी दिवस मनाइने जानकारी दिए । उनले भने ‘हाम्रो देश विविधताले भरिपूर्ण छ ती सबै विविधताहरुको उजागर हुने र अपनत्व हुने गरी दिवसको तयारी छ । ’

यस पटकको संविधान दिवसमा प्रतियोगितात्मक झाँकी प्रदर्शनी, वतृत्वकला प्रतियोगिता, निबन्ध प्रतियोगिता र मूल आयोजकले औपचारिक कार्यक्रम गर्ने तयारी छ । असोज २ गतेदेखि तीन दिनसम्म मनाउने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधान प्रति अपनत्व जगाउने कार्यक्रमहरु पनि संचालन हुने छन्।

बुधबार, १२ भदौ, २०८१, साँझको ०५:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर