विराटनगर । साफ यू–२० च्याम्पियनसिपको फाइनल खेलमा बुधबार (आज) नेपाल र बंगलादेश भिड्दै छन् ।
भारतलाई पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको थियो । नेपाल भने भुटानलाई पराजित गर्दै फाइनल पुगेको हो । दिउँसो साढे २ बजेबाट शुरू हुने फाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ ।
भारत यसअघि तीन पटकको च्याम्पियन हो । पहिलो दुई संस्करणको उपाधि भने नेपालले जितेको थियो ।
सन् २०१५ मा नेपालबाट शुरू भएको च्याम्पिनसिपमा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो । सन् २०१७ मा भुटानमा भएको च्याम्पियनसिपमा नेपाल च्याम्पियन बनेको थियो ।
अब नेपाललाई फेरि घरेलु मैदानमा उपाधि जित्ने अवसर आएको छ ।