काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम आएको छ ।
महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन् । उनीसँग प्रतिस्पर्धा गरेकी रामकुमारी झाँक्री पराजित भएकी छन् ।
५ सविचका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए ।
जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छ्न ।
उपमहासचिवमा मेटमणि चौधरीले सबै भन्दा बढी कत ल्याएका छन् । चौधरी १५८ मतसहित विजयी भएका छन् । यो अन्य प्रतिस्पर्धीभन्दा सबैभन्दा बढी मत हो ।
यस्तै रामकुमार खड्का र गरिमा शाहले समान मत पाएका छन् । उनिहरुले १०७ मत पाएर विजयी भएका छन् ।
राजेन्द्र राईले १०६ मत पाएका छन् ।
४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।
.
.