एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती विजयी, झाँक्री पराजित

विराटनगर । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन्।

निवर्तमन उपाध्यक्ष समेत रहेकि नेतृ जयन्ती राईसँग झाँक्री पराजित भएकी हुन्। राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत मात्रै पाएकी छन्।

पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनका लागि मतदान भइरहेका बेला जिताउनुपर्ने व्यक्ति भन्दै लिस्ट (सूची्र) बाड्दा झाँक्रीको नाम भने बाडिएको थिएन ।

अध्यक्ष माधवकुमार नेपाल पक्षधरहरूले जिताउनुपर्ने व्यक्तिको सूची बाँडेका थिए ।

करिब दुई वर्षअघि कार्यसम्पादन चित्तबुझ्दो नभएको भनेर मन्त्रीबाट राजीनामा दिन लगाएपछि झाँक्री अध्यक्ष नेपालसँग रुष्ट बनेकी थिइन् । त्यसयता दुईबीच सम्बन्ध सुमधुर थिएन ।

बुधबार, १२ भदौ, २०८१, बिहानको ०७:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर