तस्विरमा विराटनगरको राधाकृष्ण रथयात्रा

विराटनगर । विराटनगरमा आज निकालिएको राधाकृष्णको रथयात्रामा हजारौं सहभागी भएका छन् । विराटनगर – १ राधाकृष्ण मन्दिरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुजाअर्चना गरेपछि ४ बजे निस्किएको रथ अहिले रोडसेस चोक पुगेको छ ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा हजारौं सहभागी भएका छन् । १९८८ सालमा खटयात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो ।

राधाकृष्णको युगल जोडीसहितको ९३ औं संस्करणको रथयात्रा विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट बजार परिक्रमा गर्दै पुनः मन्दिरमा नै पुगेर समापन हुनेछ । राधाकृष्ण मन्दिर परिसरबाट निकालिएको रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।

भक्तजनहरुलाई पूजाआजा गर्न सहज हुने गरी ४३ स्थानमा राधाकृष्णको रथलाई विश्राम गराउने निश्चित गरिएको छ । रथयात्रामा विराटनगर आसपासहित मोरङका विभिन्न स्थानका र भारतको विहारबाट पनि भक्तजन आउने गरेका छन् ।

मङ्गलबार, ११ भदौ, २०८१, साँझको ०६:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर