आगलागी पीडितलाइ भेट्दै, बिकास अनुगमन गर्दै मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार० झापाको गौरिगंज ५ चिलहारा माझीटोलका आगलागी पीडितहरुसँग भेटघाट गरेका छन् । दुई दिनअघि सो टोलमा आगलागी भएको थियो ।

आगलागी पीडितहरुको बस्तीमा पुग्दै मुख्यमन्त्री कार्कीले उनीहरुलाई प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गरिने बताए । पीडितहरुले आफ्ना समस्या र गुनासो राखेका थिए । माझीटोलका चार घरमा आगलागी हुँदा सम्पूर्ण रुपमा नष्ट भएको थियो ।

यसैगरी मुख्यमन्त्री कार्कीले हुलाकी मार्ग अन्तरगत रतुवा खोलामा निर्माणाधीन पुलको समेत अनुगमन गरेका छन् । उनले निर्माण कम्पनीलाई छिटो पुल निर्माण गरेर सहज आवतजावत गर्ने वातावरण बनाउन निर्देशन दिए। केहिदिन देखि त्यहा काम रोकिएको थियो ।

मुख्यमन्त्री कार्कीले सोमबार नै झापास्थित निर्वाचन क्षेत्र अन्तरगत जारी विभिन्न विकास निर्माणका योजनाहरुको अनुगमन गरेका छन् ।

सोमबार, १० भदौ, २०८१, साँझको ०७:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर