विराटनगर । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्कको पहिरोमा हराएका ६ जनाको शव फेला परेको छ। एक जना बालकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्। ४ जना अझै बेपत्ता रहेका छन् ।
शनिबार राति अविरल वर्षासंगै आएको पहिरोले पाँच घर पूर्णरूपमा बगाएको थियो । थप पाँच घर क्षतिग्रस्त अवस्थामा छन्। ३० घरधुरी रहेको उक्त बस्ती नै जोखिममा परेको प्रजिय निरौलाको भनाइ छ।
मृत्यु भएकामध्ये दुई जनाको मात्रै सनाखत भएको छ। पहिरोमा परी मृत्यु हुनेमा ३० वर्षकी चण्डिका श्रेष्ठ र उनका १८ महिनाका शिशु आनुष श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।