ज्ञानसन ऋषिदेवको घाँटी काटेर हत्या, ५० मिटर उत्तर गुजाइटोकीमा टाउको भेटियो

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।

आज विहान गढी गाउँपालिका २ थलाहामा ऋषिदेवको टाउको काटेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो । उनको घाटीदेखि मुनिका भाग एक ठाउँमा र टाउँको अर्को ठाउँमा भेटिएको छ ।

प्रहरीले सुरुमा घाटीदेखिको मुनिको भाग मात्र भेटेको थियो । अनुसन्धान गर्दै गएपछि घाटीदेखि मुनिको भाग भेटिएको स्थानदेखि करिब ५० मिटर उत्तर पश्चिममा गढी २ गुजाइटोकीमा टाउँको भेटिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।

ऋषिदेव रिङ बनाउने काम गर्दछन् । उनले रिङ बनाउने ठाउँमा शव भेटिएको हो ।

घटनास्थलमा अनुसन्धानको लागि प्रहरी टोली परिचालन भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले जानकारी दिए । ‘अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान भइरहेको छ । तालिम प्राप्त कुकुरलाई पनि ल्याएको छ,’ एसएसपी दाहालले भने ।

सोमबार, ०३ भदौ, २०८१, बिहानको ०९:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर