विराटनगर । माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको मोरङस्थित सुन्दरहरैंचा नगर समिति गठन भएको छ । शैलेस न्यौपानेको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन भएको अखिल क्रान्तिकारी मोरङका अध्यक्ष नगेन्द्र घिमिरेले जानकारी दिए ।
सुन्दरहरैंचा नगरपालिकास्तरीय सम्मेलनबाट उक्त समिति निर्माण भएको हो । सम्मेलनको उद्घाटन समारोहमा अखिल क्रान्तिकारीका उपमहासचिव ताजिम अन्सारी, सुन्दरहरैंचा नेकपा (माओवादी केन्द्र)का इन्चार्ज नवराज चापागाईं, अध्यक्ष दुश्यन्त भट्टराई, अखिल क्रान्तिकारी मोरङका इन्चार्ज टेकेन क्षेत्रीलगायतको उपस्थिति थियो ।