विराटनगर महानगरका २३ कर्मचारीको बढुवा

विराटनगर । विराटनगर महानगरपालिकाका २३ जना कर्मचारीहरुको तह वृद्धि (बढुवा) भएको छ । महानगरका अधिकृतस्तर सातौं तह र सहायकस्तर पाँचौं तहका कर्मचारीहरुको महानगरले तहवृद्धि गरेको हो ।

महानगरमा सातौं तहका इन्जिनियरहरु राकेशकुमार ठाकुर र अनिल सिंह, र गोपाल काफ्ले, लेखा अधिकृत मिष्टर केसी, र अधिकृतहरु संजीवकुमार भट्टराई, कृष्णप्रसाद पोखरेल, खगेश्वर क्षेत्री काफ्ले, शारदा थपलिया, अनिता न्यौपाने, पृथ्वीकुमारी बस्नेत र पुनमकुमार दाहालको आठौं तहमा बढुवा भएको हो ।

यसैगरी सहायकस्तर पाँचौं तहका कर्मचारीहरु प्रकाशकुमार कर्ण, अशोककुमार गुप्ता, उत्तमदेव जोशी, सुमनराज दाहाल, कल्पना खनाल, खगेन्द्रप्रसाद घिमिरे, रामप्रसाद बराल, इन्दिरा कार्की, मोहनविक्रम शाही, डिकनाथ पोखरेल, राजेन्द्र आचार्य र लिनाकुमारी यादव अधिकृतस्तर छैटौं तहमा बढुवा भएका हुन् ।

शुक्रबार, ३२ साउन, २०८१, बिहानको ०८:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर