शेखर कोइराला पन्ध्रौँ महाधिवेशनमा सभापतिमा उठ्ने

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पन्ध्रौँ महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित निकटतम् प्रतिद्वन्द्वी भएका कारण अब सभापतिमा स्वतः दाबी रहने बताए । उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा गरीरहेको पनि बताए । कोशी प्रदेश सरकारका बिषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कांग्रेस सहभागी हुने सम्भावना रहेको कोइरालाले बताए ।

कोइरालाले मुलुकलाई स्थायित्व दिन ठूला दल मिलेको बताए । नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणाली संशोधन आवश्यक रहेको पनि उल्लेख गरे।

बिहिबार, ३१ साउन, २०८१, साँझको ०६:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर