काठमाडौं । जल तथा मौसम विज्ञान विभागका देशका केही भू–भागमा गएरातिदेखि नै वर्षा भइरहेको छ । आज दिउँसो र राति नै वर्षा हुने विभागले जनाएको छ । । दिउँसोभन्दा राति ठूलो वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर साधारणतया बदली छ । वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
विभागले दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।