विराटनगर । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ । नेप्से ५२.९७ अंकले बढेको हो । बढेर २ हजार २५७ दशमलब ५९ विन्दुमा पुगेको छ । आइतबार सात अर्ब ६२ करोड ४ लाख बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा २०१ कम्पनीको शेयरमूल्य बढेको छ ।
ओरालो लागिरहेको नेपाली शेयर बजार १७ गतेदेखि भने निरन्तर उकालो लागि रहेको हो । असार २४ गते सामान्य करेक्सन भएको नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) त्यसपछि फेरि लगातार बढी रहेको छ ।
नेप्से परिसूचक २ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । सेयर बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक ८६ अंक बढेर २२९० पुग्यो । जुन अंक २८ वैशाख २०७९ यताकै उच्च हो ।
दिउँसो १ बजेसम्म नेप्से परिसूचक २२५० अंकमा कायम भएको छ ।