विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको उपाधि सुनसरी इटहरीकी शुभ लक्ष्मी राइले जितेकी छिन् ।
जय मिडिया म्यानेजमेन्ट प्रालिकोे आयोजना सुनसरीको धरानमा शनिबार सम्पन्न भएको प्रतियोगिताको फाइनलमा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै राईले उक्त उपाधि जितेकी हुन् ।
उपाधिसँगै उनले नगद १ लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर जितिन् ।
त्यसैगरी आयोजकको छनोट विजेतामा धरानकी निशा हङ्मा लिम्बु, फस्ट रनरअप धरानकै निशा हङ्मा लिम्बु, सेकेण्ड रनरअप झापाकी निगम मोक्तान घोषित भइन् । थर्ड रनरअप जुम्लाकी कृति बस्नेत र चौथो रनरअप इटहरीकी स्वस्तिका राईले जितिन् ।
प्रतियोगिताको फाइनलमा २५ जना प्रतियोगिहरु पुगेका थिए ।