विराटनगर । विराटनगर ९ स्थित फ्रेन्ड्स कर्नर रेष्टुरेन्ट एण्ड लजमा माेरङ रतुवामाइ नगरपालिकाका एक जना ब्यापारी मृत भेटिएका छन् ।
रतुवामाइ नपा ५ लारिकट्टा घर भई रंगेली २ बेताैनामा हाेलसेलकाे किरना पसल गर्दै आएका वर्ष ३३ गजेन्द्र साहकाे आज बिहान झुन्डिएको अवस्थामा शव भेटिएको हाे । परिवारका आफन्तहरुले घटना रहस्यमय रहेकाे भन्दै घटनाको अनुसन्धान गर्न माग राखेका छन् ।
व्यापारी साह साे हाेटलमा बिहीबार दिउँसो २ बजे आएका थिए । उनी २०४ नम्बरकाे काेठामा बसेका थिए ।